काठमाडौं (अस) । शिवम् सिमेन्टले निर्माणकर्मीहरूको दुर्घटना बीमा अन्तर्गत रू. १० लाख बराबरको दाबी भुक्तानी गरेको छ । निर्माणको क्रममा दुर्घटनामा परेर ज्यान गुमाएका दुई निर्माणकर्मीका परिवारलाई बीमा कम्पनीसँगको समन्वयमा कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । कम्पनीले यसअघि मृत्यु बीमाबापतको ५ लाख रुपैयाँ सम्बन्धित बीमितका परिवारलाई हस्तान्तरण गरेको थियो । कम्पनीले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजारभन्दा बढी निर्माणकर्मीको रू. ५ लाख बराबरको जोखिम बीमा गरेको छ । कम्पनीका प्रतिनिधिले दुर्घटनामा परेका बीमितको घरघरमै पुगेर दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका छन् ।