ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिटिजन्स बैंक र एपोलो डाइग्नोस्टिक केन्द्रबीच समझदारी

२०७९ साउन, १६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक र काठमाडौंको धुम्बाराहीमा रहेको एपोलो डाइग्नोेस्टिक केन्द्रबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छूट दिने सम्बन्धमा दुई संस्थाबीच सम्झौता गरिएको हो ।

सम्झौता अनुसार केन्द्रका विभिन्न स्वास्थ्य सेवाहरूमा बैंकका ग्राहकले १५ प्रतिशतसम्म छूट पाउनेछन् । त्यसका लागि ग्राहकले कार्ड तथा डिजिटल माध्यममार्फत भुक्तानी गर्नुपर्नेछ ।

डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यममा प्रोत्साहन गर्न सो सम्झौता प्रभावकारी हुने अपेक्षा गरिएको छ । सिटिजन्स बैंकले हाल १८० शाखा, १३२ एटीएम र ९६ ओटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement