ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘वाह ! अलैंची’ अभियान शुरू

२०७९ साउन, १६  
बजार
Image Not Found

साउन १६, काठमाडौं । नेपाल अलैंची व्यवसायी महासंघले ‘वाह ⁄ अलैंची’ अभियान शुरू गरेको छ । संघले प्रदेश १ को कृषि मन्त्रालय र स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा उक्त अभियान शुरू गरेको हो ।

अभियानमा होटेल संघ नेपालले सहकार्य गरेको छ । घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान शुरू गरिएको बताइएको छ ।  अभियानले नेपाली अलैंची प्रयोग र आर्थिक गतिविधि बढाउने दाबी संघले गरेको छ ।

अभियानको ब्राण्ड एम्बासडरमा बीबीसी मास्टरशेफ सन्तोष शाह छन् । नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्द्धन गर्न विशेष परिकार रेसीपी पनि तयार गर्ने छन् ।

अभियानले युवा आकांक्षी प्रशिक्षार्थी र शेफहरूलाई आफ्नो पाककलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरीकाले प्रयोग गर्न मञ्च प्रदान गर्ने पनि संघले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement