ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

इन्टरकलेज स्टक पिचिङका विजेता प्रभु सेलेक्ट फण्डबाट पुरस्कृत

२०७९ साउन, १६  
बजार
Image Not Found

काठमाडौं (अस) । इन्टरकलेज स्टक पिचिङका विजेतालाई प्रभु सेलेक्ट फण्डले पुरस्कृत गरेको छ । कुसोम फाइनान्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको मुख्य प्रायोजक रहेको प्रभु क्यापिटलले विजेताहरूलाई पुरस्कृत गरेको हो । शेयर बजारसम्बन्धी साक्षरता अभिवृद्घि गर्ने उद्देश्यले क्यापिटलको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरिएको  थियो  ।  

प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए ।

प्रतियोगीले नेप्सेमा सूचीकृत कम्पनीमध्ये ‘बाई अर सेल’का लागि विभिन्न आधारभूत र प्राविधिक विश्लेषणमा आफ्नो प्रस्तुति दिएका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा, काठमाडौं स्कूल अफ म्यानेजमेन्ट (कुसोम)का सहायक प्राध्यापक पवनकुमार झा र रमेश घिमिरे रहेका थिए ।

प्रतियोगितामा टिम ‘स्टक जेम्स’ विजेता र ‘स्वीप्रबी’ उपविजेता बनेका थिए । प्रतियोगिताको विजेता टिमलाई प्रभु क्यापिटलको रू. १० हजार तथा उपविजेता टिमलाई रू. ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको कम्पनीले बताएको छ । प्रभु क्यापिटलले विभिन्न संस्थाहरूसँगको सहकार्यमा शेयर सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement