ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नयाँ उत्पादन बजारमा ल्याउँदै हिताची

२०७९ साउन, १६  
बजार
Image Not Found

काठमाडौं (अस) । हिताचीले होम अप्लायन्सका नयाँ उत्पादन नेपाली बजारमा ल्याउने भएको छ । नेपालका लागि हिताची होम अप्लायन्सको आधिकारिक विक्रेता युनिभर्सल इलेक्ट्रोकमले हिताचीका नयाँ उत्पादन बजारमा ल्याउने घोषणा गरेको हो । हिताची र युनिभर्सल इलेक्ट्रोकमले शुक्रवार संयुक्त रूपमा गरेको ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा यस्तो घोषणा गरिएको हो । युनिभर्सल इलेक्ट्रोकम रमेश कर्प अन्तर्गतको कम्पनी हो ।

कार्यक्रममा एएचएसजीका प्रबन्ध निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार)का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय)का वरिष्ठ प्रबन्धक एलविन थामको उपस्थिति थियो । हिताचीले चाँडै बजारमा आफ्ना नयाँ उत्पादन आउने सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर चाँडै बजारमा आउनेछन् ।

कार्यक्रममा सहभागीहरूलाई उत्पादनको  लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूबारे जानकारी गराइएको थियो । साथै हिताचीका उत्पादनहरू रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनर प्रदर्शनीमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्तालाई विश्वव्यापी रूपमा उत्कृष्ट उत्पादन उपलब्ध गराउने योजना रहेको बताएको छ । रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालका सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन र विक्रीपछिको सेवा सुनिश्चित गर्ने उद्देश्यले काम गरिरहेको बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement