ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालमा स्कोडा कुशाकको एक वर्ष

२०७९ साउन, १६  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालमा यूरोपियन एसयूभी स्कोडा कुशाक विक्रीको एक वर्ष पूरा भएको छ । आधिकारिक विक्रेता स्कोडा एमएडब्ल्यूले गतवर्ष साउनमा सार्वजनिक गरेपछि नेपाली बजारमा ‘चर्चित’ बनेको यो एसयूभी विक्रीको एक वर्ष पुगेको हो ।

ड्राइभिङ डाइनामिक्स, आकर्षक लुक्स, पर्फर्मेन्स, कम्फर्ट र थ्रिलिङ टीएसआई इन्जिनका कारण सार्वजनिक भएको १५औं दिनमै ७५ ओटा कुशाक डेलिभरी भएको कम्पनीले बताएको छ । त्यसयता गत आर्थिक वर्षभरि कुशाकप्रति ग्राहकको आकर्षण बढ्दो रहेको कम्पनीले दाबी गरेको छ । कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको विक्री अघिल्लो आर्थिक वर्षको ५६० प्रतिशतले बढेको कम्पनीले बताएको छ । १ वर्षमा ४०० युनिट विक्री भएको स्कोडा कुशाकको बजार हिस्सा यो सेग्मेन्टमा १८ प्रतिशत रहेको कम्पनीको दाबी छ ।

‘नेपालमा कुशाक सार्वजनिक भएपछि  स्कोडा ब्रान्ड र नेपाली अटोक्षेत्रमै आफ्नो सेग्मेन्टलाई परिभाषित गर्ने एसयूभीको रूपमा रहेको छ,’ स्कोडा एमएडब्ल्यूका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजारदेखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement