ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तथ्यांकोवाच : असारमा २५० सीसी वा सोभन्दा माथिका मोटरसाइकलको आयात रू. ६ करोडको

२०७९ साउन, १६  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । तीमध्ये २५० सीसी वा सोभन्दा माथिका मोटरसाइकल पनि एक हो । आयात प्रतिबन्धको असर यसमा पनि परेको छ । गत असार महीनामा २५० सीसी वा सोभन्दा माथिका मोटरसाइकलको आयात रू. ६ करोडमा झरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्सार विभागबाट प्रकाशित मासिक तथ्यांक हेर्दा असोजमा सर्वाधिक रू. २५ करोडको २५० सीसी वा सोभन्दा माथिका मोटरसाइकल आयात भएको छ । स्वदेशमा उत्पादनको विकल्पमा नगई लामो समयसम्म यस्ता प्रतिबन्ध लगाइँदा यसले कालो अर्थतन्त्र बढाउने तथा अन्य आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement