ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेशनल माइक्रोफाइनान्सको ७९ हजार कित्ताभन्दा बढी संस्थापक शेयर लिलामीमा विक्री खुला

२०७९ साउन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर आज (सोमवार) देखि लिलामीमा विक्री खुला  गरेको छ ।
कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि लिलामीमा विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले साउन २२ गतेसम्म एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त शेयरको न्यूनतम मूल्य रू. ७५० तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

लघुवित्तले विद्ययमान शेयरधनीहरुका लागि यसअघि नै ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयर विक्रीमा ल्याइसकेको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement