ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चिनियाँ कम्पनीहरूको राेजाइमा किन पर्‍याे स्वीस शेयर बजार ?

२०७९ साउन, १६  
अन्तरराष्ट्रिय
Image Not Found

काठमाडौं । अमेरिकी शेयर बजारमा सूचीकृत निजी क्षेत्रका चिनियाँ कम्पनीहरू चीनको नियामकहरूको निशानामा पर्ने गरेका छन् ।

अमेरिकी नियामकहरूले पनि घरेलु बजारमा सूचीकृत चिनियाँ कम्पनीहरूमाथि दबाब बढाउने गरेका छन् । यस्तोमा अवस्थामा सीमापार बजारबाट पैसा उठाउन चाहने चिनियाँ कम्पनीहरूले अहिले अन्य बजारको खोजीमा छन् । पछिल्लो समय चिनियाँ कम्पनीहरूको रोजाइमा स्वीस शेयर मार्केट बनेको छ । 

त्यहाँको नियामकहरूले चिनियाँ कम्पनीहरूलाई छिट्टै अनुमति पनि दिइरहेका छन् । बिहीवार चार ओटा चिनियाँ कम्पनी चाइना स्टक कनेक्शन कार्यक्रममार्फत स्वीट्जरल्यान्डमा ग्लोबल डिपोजिटरी रिसिप्ट (जीडीआर) जारी गर्ने पहिलो कम्पनी बने ।

जुलाईको अन्त्यमा सो कार्यक्रम शुरु गरिएको थियो । जुलाई २८ मा जेम, गोटियोन हाइ–टेक, केडा इन्डष्ट्रियल ग्रुप र निङ्ग्बो शानशान सिक्स स्वीस एक्सचेञ्जमा सूचीकृत भएका थिए । यी कम्पनीहरूले १ अर्ब ५० करोड डलर उठाएका छन् । 

चीनमा सीमापार बजारमा शेयर जारी गर्ने योजनालाई अनुमति दिन नियामकहरूले ६ महीनासम्म लगाउने गरेको पाइन्छ । तर, स्वीस शेयर बजारमा जान अनुमति मागेका कम्पनीहरूलाई चिनियाँ नियामकले केही हप्तामै मञ्जुरी दिए ।

पछिल्लो सूचीकरण प्राथमिक शेयर निष्कासन (आईपीओ) होइन । मुख्यभूमि चीनमा सूचीकृत भइसकेका घरेलु कम्पनीहरूको लागि आवश्यक पूँजीको जाेहो गर्न नयाँ च्यानल हो । ती चार चिनियाँ कम्पनीहरूले बिहीवार सिक्स स्वीस एक्सचेञ्जमा ग्लोबल डिपोजिटरी रिसिप्ट (जीडीआर) जारी गरेका थिए ।

सन् २०२० को अन्त्यतिर चिनियाँ नियामकहरूले घरेलु अनलाइन कम्पनी अलिबाबाको वित्तीय कम्पनी एन्ट ग्रुप अमेरिकी शेयर बजारमा आईपीओ रोक्का गरेर नियामक कडाइ बढाएको अनि सन् २०२१ को गर्मीयाममा अटेरी भएर अमेरिकामा आईपीओ जारी गरेपछि अनलाइन ट्याक्सी सेवाप्रदायक कम्पनी तिती छुसिङमाथि गरेको कारबाहीपछि चिनियाँ कम्पनीहरू सीमापारका पूँजी बजारमा जान हिच्किचाएका छन् । गएकाहरूमाथि पनि छानबिन कठोर छ । 

चीनले प्रयोगकर्ताको गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी ल्याएको नयाँ नियमनका कारण सीमापार आईपीओको मापदन्ड थप कसिलो भएको छ । अमेरिकासँगको लेखापरीक्षण सम्झौता असफल हुने सम्भावनाले न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरू त्यहाँबाट हट्ने जोखिम पनि उत्तिकै छ ।

अहिले मुख्यभूमि चीन र हङकङमा सूचीकरण हुन चाहने कम्पनीहरूले पनि अमेरिकाको भन्दा कठोर मापदन्ड पूरा गर्नु पर्छ । यी दुई बजारमा आईपीओ जारी गर्न पालो कुरिरहेका कम्पनीको संख्या जुन १४ सम्ममा ९०० भन्दा धेरै थियो । यो मार्चको भन्दा खासै फरक होइन । 

अर्नष्ट एन्ड योङले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मुख्य भूमि चीन र हङकङमा मार्चमा ९२० भन्दा धेरै कम्पनीहरूले आईपीओ जारी गर्ने लाइनमा छन् । आईपीओको लागि चीन र हङकङकै बजारमा लामो लाइन कुर्नु पर्ने अवस्थामा चिनियाँ कम्पनीहरू स्वीट्जरल्यान्डतर्फ लागेका हुन् ।

यो वर्षको शुरुमा चाइना–स्वीस कनेक्ट प्रोग्राम शुरु हुने खबर आएपछि कम्तीमा पनि १३ ओटा चिनियाँ कम्पनीहरूले स्वीस सेयर बजारमा सूचीकरणको आशय पोखेका थिए । योजना बनाइसकेका तर घोषणा हुन बाँकी अन्य कम्पनीहरू पनि छन् । एजेन्सीहरुको सहयोगमा

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement