ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ? 

२०७९ साउन, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । स्थानीय बजारमा सोमवार सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँ कायम भएको छ । आइतवार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ। यो दिन चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २३० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७६० दशमलव ८५ डलर पुगेको छ ।

आज डलरको मूल्य भने स्थिर छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ११ पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ११ पैसा थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement