ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नाडेप लघुवित्तको नाफा २९ प्रतिशत घट्यो 

२०७९ साउन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा करिब २९ प्रतिशत कम खुद नाफा गरेको छ । अघिल्लो आवमा १६ करोड ६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत आवमा ११ करोड ४० लाख रूपैयाँभन्दा बढी यो नाफा गरेको हो ।

सञ्चालन नाफा अघिल्लो आवभन्दा ४७ दममलव ७५ प्रतिशत कम भएकाले कम्पनीको खुद नाफामा असर परेको हो । अघिल्लो आवमा २४ करोड ९७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा १३ करोड ४ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी कम हुनु र कर्मचारी खर्च बढ्नुले खुद नाफामा असर परेको देखिन्छ । अघिल्लो आवमा ४७ करोड ६५ लाख रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको कम्पनीले गत आवमा ३९ करोड १० लाख रूपैयाँभन्दा बढी मात्र यो आम्दानी गरेको देखिन्छ । त्यस्तै अघिल्लो आवमा २० करोड १ लाख रूपैयाँभन्दा बढी कर्मचारी खर्च भएकोमा गत आवमा २४ करोड ५८ लाख रूपैयाँभन्दा बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४८ करोड ५७ लाख ६० हजार रूपैयाँ रहेको छ भने जगेडा कोष रकम ३९ करोड २७ लाख रूपैयाँभन्दा बढी छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ६ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले ५ अर्ब १ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । अघिल्लो आवमा ३ दशमलव ५१ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा ४ दशमलव ८९ प्रतिशत पुगेको छ ।

वार्षिक २३ रूपैयाँ ४९ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८० रूपैयाँ ८४ रहेको छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement