ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दिव्यश्वरी हाइड्रोपावरको खुद नोक्सानी ४३ प्रतिशत घट्यो 

२०७९ साउन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावर लिमिटेड १ करोड ७३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।

अघिल्लो आवको सोही अवधिसम्म ३ करोड ३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको गत आवमा खुद नोक्सानी ४२ दशमलव ७९ प्रतिशत कम भएको हो ।

गत आवको कम्पनीको विद्युत विक्री आम्दानी २८ दशमलव २३ प्रतिशत बढी भएको छ भने वित्तीय खर्च करिब ४ प्रतिशत कम भएको छ । कम्पनीले ८ करोड ९९ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो भने ६ करोड ५ लाख रूपैयाँभन्दा वित्तीय खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँ रहेको छ भने जगेडा कोष रकम २२ करोड २७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । गत आवकाे चौथो त्रैमाससम्म प्रतिशेयर आम्दानी ६ रूपैयाँ ५८ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३१२ रूपैयाँ ७१ पैसा रहेको छ ।

रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement