ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रभु बैंकले प्राप्ति गर्ने भएसँगै रोकियो सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार 

२०७९ साउन, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का गरेको छ । प्रभु बैंकसँग साउन १५ गते प्राप्ति सम्झौता गरेसँगै नेप्सेले सेञ्चुरी बैंकको शेयर कारोबार साउन १६ गतेदेखि रोक्का राखेको हो ।

यी दुई बैंकबीच एक बराबर एक शेयर आदान प्रदान गर्ने सहमति अनुसार प्राप्ति सम्झौता भएको हो । प्राप्ति प्रक्रिया पूरा भई एकीकृत कारोबारपश्चात् सेञ्चुरी बैंकका शेयरधनीहरूले प्रभु बैंकको नामबाट शेयर कारोबार गर्न पाउनेछन् ।

हाल प्रभु बैंकको चुक्तापूँजी रू. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रहेको छ भने सेञ्चुरी कमर्सियल बैंकको रू. ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रहेको छ । यी दुई बैंक एक भएपश्चात् चुक्तापूँजी रू. २२ अर्ब २६ करोड २६ लाख १३ हजार पुग्नेछ । यी दुई बैंक समान हैसियतमा एक हुन लागेका हुन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement