ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

४३९ मेवाको बेतन कर्णाली जलविद्युत् आयोजना : चालू आवभित्र ठेक्का सम्झौता, अर्काे आवबाट निर्माण ! 

२०७९ साउन, १६  
समाचार
Image Not Found
बेतन कर्णाली जलविद्युत आयोजनाकाे अडिट टनेल ।
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । ४३९ मेगावाट (मेवा) क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाको ५३० मिटर अडिट टनेल खनिएको छ । यस्तै, कर्मचारी आवास र पहुँच मार्ग पनि निर्माण भएको आयाेजनाले जनाएकाे छ । 

आयोजनाको अडिट टनेल, कर्मचारी आवास र पहुँच मार्ग निर्माण भइसकेकाले चालू आर्थिक वर्षभित्रै आयोजनाको ठेक्का सम्झौता गरेर आगामी आर्थिक वर्षबाट निर्माणमा जान सकिने प्रोजेक्ट म्यानेजर उपेन्द्र न्यौपानेले बताएका छन् । 

अछाम र सुर्खेतको सिमानामा पर्ने आयाेजनाकाे मुआब्जा वितरण भने हुन सकेकाे छैन । 

मुआब्जा वितरणको काम भने प्रक्रियामै रहेको उनले बताए । उनका अनुसार अछामतर्फ मुआब्जा निर्धारण भइसकेको छ भने सुर्खेततर्फ बाँकी छ । अहिले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका घरघरमा गएर बैंकखाता खोलिरहेको र त्यही खातामार्फत छिट्टै मुआब्जा रकम वितरण गरिने उनले बताए । 

सोमवार अछाममा गरिएको सार्वजनिक सुनुवाईमा स्थानीयले रोजगारीको विषय उठाएका थिए । त्यसको जवाफ दिँदै कर्मचारीले आयोजनामा काम गर्न स्थानीयलाई तालिम दिएर दक्ष बनाइने बताएका छन् । 

आयोजनाका लागि स्थानीय स्तरमा जनशक्ति उपलब्ध नभए मात्रै बाहिरबाट ल्याउने आयोजनाको तयारी छ । 
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement