ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आईओसीले फेरि घटाएर पठायाे पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाउला ?

२०७९ साउन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ । सोमवार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १६ रूपैयाँ ८० पैसा र डिजेल/मट्टितेलमा प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा घटाइएकाे छ । 

यसअघि गत जुलाई १५ मा आईओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रूपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो । आन्तरिकरूपमा घाटामै रहेको भन्दै निगमले मूल्य समायोजन भने गरेको थिएन । यसपटक पेट्रोलियम पदार्थको मूल्य घटाउने वा नघटाउनेबारे निगमले धारणा सार्वजनिक गरिसकेकाे छैन । 

निगमले पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ १९ पैसा, डिजेल/मट्टितेलमा समान २१ रूपैयाँ ९२ पैसा घाटामा रहेको जनाएको थियो । 

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएकाे हाे । अन्तरराष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारी रहेको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement