ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

४ अर्ब ६७ करोड बराबरको धितोपत्र खरीदविक्री, नेप्से परिसूचक भने स्थिर

२०७९ साउन, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । साताको दोस्रो कारोबार दिन धितोपत्र दोस्रो बजारमा रू. ४ अर्ब ६७ करोड बराबरको १ करोड ५ लाख कित्ता धितोपत्र खरीदविक्री भएको छ । यो दिन २१७ कम्पनीको ६७ हजार २०५ पटकको कारोबारमा उक्त धितोपत्र कारोबार भएको हो । 

आइतवारको तुलनामा कारोबार रकम यो दिन बढेको हो । आइतवार रू. ४ अर्ब ६० करोडभन्दा बढीको १ करोड १३ लाख कित्ता धितोपत्र खरीदविक्री भएको थियो ।

सोमवार कारोबार रकममा शिवम् सिमेन्टले सर्वाधिक हिस्सा ओगटेको छ । यस कम्पनीको सर्वाधिक रू. ३८ करोड ३१ लाख ११ हजार बराबरको ४ लाख ५४ हजार कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको शिवम् सिमेन्टको शेयर मूल्य भने आइतवारको भन्दा प्रतिकित्ता रू. ३० ले बढेर अन्तिम मूल्य रू. ८४८ कायम भएको छ ।

सोमवार समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक भने स्थिर बनेको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा शून्य दशमलव शून्य ५ प्रतिशत अर्थात् १ दशमलव १५ अंकले मात्र बढेर २ हजार १९६ दशमलव २५ विन्दुमा पुगेको हो । 

यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६ दशमलव ९५ प्रतिशत वृद्धि भएको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक ५ दशमलव २१ प्रतिशत घटेको छ । सर्वाधिक मूल्य वृद्धि भएको बुटवल पावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २४ दशमलव १० ले बढेर अन्तिम मूल्य रू. ३७१ कायम भएको हो । त्यस्तै सर्वाधिक मूल्य घटेको स्वाभिमान लघुवित्तको शेयर मूल्य भने प्रतिकित्ता रू. ९७ ले घटेर अन्तिम मूल्य रू. १ हजार ७६५ मा झरेको हो । 

सोमवारको कारोबारमा व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यो समूहको उपसूचक सोमवार सर्वाधिक ३ दशमलव ५४ प्रतिशत बढेको हो । यस दिन व्यापारिक समूहसँगै उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ९९ प्रतिशत उपसूचक बढेको छ भने लगानी समूहको शून्य दशमलव ७१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ७२ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव ४० प्रतिशत उपसूचक बढेको छ ।

यो दिन होटल तथा पर्यटन समूहको उपसूचक सर्वाधिक २ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंकको १ दशमलव ४५ प्रतिशत, वित्तको शून्य दशमलव १० प्रतिशत, जीवन बीमाको शून्य दशमलव १९ प्रतिशत, लघुवित्तको १ दशमलव १८ प्रतिशत, म्युुचुअल फण्डको शून्य दशमलव ३९ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत र अन्य समूहको शून्य दशमलव ६५ प्रतिशत उपसूचक घटेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement