ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सहकारीहरू समस्याग्रस्त बन्न नदिने गरी काम गरौं : श्रेष्ठ

२०७९ साउन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १६, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरू समस्याग्रस्त बन्न नदिने गरी काम गर्न सरोकारवाला पक्षसँग आग्रह गरेकी छन् । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साेमवार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएपछि उनले सहकारीहरू मूल्य, मान्यता, सिद्धान्त अनुसार चल्नुपर्नेमा जोड दिएकी हुन् । उनले सहकारीहरूलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नुपर्ने बताइन् । 

मन्त्री श्रेष्ठले सहकारी अभियान र आन्दोलनलाई स्थापित गर्न र सहकारीलाई उत्पादनसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सकिनेमा मन्त्रालय विश्वस्त रहेको बताइन् । 

उनले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रूपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुने भन्दै सहकारीहरूलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनु पर्नेमा जोड दिइन् । 

समितिको वार्षिक प्रतिवेदन बुझाउँदै अध्यक्ष काशीराज दाहालले सहकारी संस्थाहरूमा विकृति र विसंगतिको रोकथाम र नियन्त्रणको लागि सहकारी दर्ता प्रक्रियामा नै विशेष ध्यान दिनुपर्ने बताए ।  

प्रतिवेदनमा सहकारीसम्बन्धी ऐन कानूनको पालना नहुँदा सहकारी संस्थाहरू समस्याग्रस्त हुन पुगेको औंल्याइएको छ । 

सहकारीहरूलाई समस्याग्रस्त हुनबाट जोगाउन सहकारी ऐन/नियमको प्रभावकारी  कार्यान्वयनका साथै सहकारी संस्थाहरूमा सुशासन प्रवद्र्धन आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।  

समान प्रकृतिका सहकारी संस्थाहरूबीच एकीकरण (मर्जर) गर्ने प्रक्रियालाई प्रोत्साहन गर्ने, सहकारीलाई विपन्न वर्गसम्म पुग्ने रणनीतिका साथ सञ्चालन गर्ने, सुशासनको पूर्ण प्रत्याभूति हुने गरी सञ्चालन गर्ने जस्ता आधारभुत सिद्धान्तहरूको पालना गर्न सकेमा सहकारी क्षेत्रप्रतिको जनताको विश्वास अभिवृद्धि गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement