विराटनगर (अस) । प्रदेश १ को राजधानी विराटनगरबाट पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा शुरू भएको छ । सोमवारदेखि विधिवत् प्रयोगात्मक परीक्षा शुरू गरिएको हो । यसअघि धनकुटा, उदयपुर, झापा, इलाम र सुनसरीबाट मात्र सवारीचालकको अनुमतिपत्रका लागि परीक्षा लिइँदै आएको थियो ।
सोमवार मुख्यमन्त्री राजेन्द्र राईले विराटनगरस्थित ट्रायल सेन्टरको उद्घाटन गरे । सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले यो प्रबन्ध गरेको उनले बताए । लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिएको ६ महीनादेखि एक वर्षसम्म कुर्नुपर्ने अवस्था छ । यसअघि प्रदेश १ मा सुनसरी, झापा, इलाम, धनकुटा र उदयपुरबाट मात्र लाइसेन्स वितरण हुँदै आएको थियो ।