ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुग्यो मंकिपक्स परीक्षण किट

२०७९ साउन, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंकिपक्स रोगको परीक्षण गर्ने किट आइपुगेको छ । प्रयोगशालालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को सहयोगमा २५० थान परीक्षण किट प्राप्त भएसँगै यसको परीक्षण नेपालमै शुरू हुन लागेको हो । प्रयोगशालाका सूचना अधिकारी लोकबन्धु चौधरीका अनुसार यो किट सहजै खरीद गर्न पाइँदैन । अहले विश्वव्यापी महामारीको रूप लिन लागेको मंकिपक्स सरुवा रोगका कारण यसको अभाव कायमै छ ।

‘यो किट यसै पनि व्यावसायिक रूपमा खरीदविक्री गर्न पाइँदैन । अहिले विश्वभर बढेको मंकिपक्सका कारण यसको अभाव छ । खरीद गर्न नपाइने भएकाले डब्ल्यूएचओको सहयोगमा मात्रै किट उपलब्ध हुँदै आएको छ,’ उनले भने ।

चौधरीका अनुसार शंकास्पद बिरामीको पहिले चिकेनपक्स परीक्षण गरिनेछ । उक्त रिपोर्ट नेगेटिभ आएमा मात्रै मंकिपक्स परीक्षण हुनेछ । उनले भने, ‘चिकेनपक्सको रिपोर्ट नेगेटिभ आएपछि पनि छालाको डाक्टरले रिफर गरेपछि मात्रै मंकिपक्स हो/होइन किटबाट परीक्षण गरेर हेर्छौं ।’

हाल उपलब्ध किट थोरै भएको र सहजै सबैको परीक्षण गर्ने नसकिने भएकाले परीक्षणका लागि प्रोटोकल तयार पारिएको छ । सोही प्रोटोकल अनुसार परीक्षण गरिनेछ । प्रयोगशालामा हाल भ्यालिटेसनको काम भइरहेको र भ्यालिटेसन सकिएपछि परीक्षण शुरू हुने पनि उनले बताए ।

हाल केन्द्रले देशका १४ ओटै अञ्चल अस्पताललाई फोकल हस्पिटलको रूपमा तयारी अवस्थामा राखेको छ । यी अस्पतालमा १४ जना नै फोकल फिजिसियन डाक्टरलाई तयारी अवस्थामा राखिएको छ । उनीहरूले परीक्षण गर्दा शंका लागेमा वा अन्य परीक्षणपछि मात्रै केन्द्रमा नमूना पठाउनेछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement