ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

२०७९ साउन, १७  
लुम्बिनी प्रदेश
NA

नवलपुर । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले बताएको छ ।

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिए । उनका अनुसार यस वर्ष जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा तीन हजार पाँच सय ६२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने जिल्लामा सात सय हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको उनले बताए ।

चैतेधान उत्पादनमा कृषकलाई आकर्षित गर्नका लागि केन्द्रले धान ब्लक कार्यक्रम लागू गरेको छ । कार्यक्रममा कृषक आकर्षित हुँदा चैतेधानको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको उनले बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement