ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सञ्चालनमा आएन औद्योगिक ग्राम

२०७९ साउन, १७  
प्रदेश ०१
NA
author avatar ईश्वर थापा

धनकुटा । करोडौं रुपैयाँ लगानी गरेर संरचना निर्माण गरिएको धनकुटाको औद्योगिक ग्राम अझै सञ्चालनमा आएको छैन । स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि भन्दै धनकुटा नगरपालिका–६ मा औद्योगिक ग्राम संरचना निर्माण गरिए पनि औद्योगिक ग्राम सञ्चालनमा आउन नसकेको हो । संरचना निर्माण गरिएको समेत ४ वर्ष भइसकेको छ । औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले धनकुटाको अमलेटारमा २०३९ सालमा ५८ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । लामो समयसम्म कुनै पनि उद्योग स्थापना नभएपछि अन्ततः औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर औद्योगिक ग्राम स्थापनाको तयारी गरिएको थियो ।

औद्योगिक ग्राम स्थापनाका लागि पहिलो चरणको भवन निर्माण पनि भइसकेको छ । औद्योगिक ग्राम सञ्चालनका लागि कार्यविधि पनि बनिसकेको छ । कार्यविधि बनेको २ वर्ष बित्न लाग्दा पनि औद्योगिक ग्राम भने सञ्चालन आएको छैन । पहिलो चरणमा निर्माण भएका संरचनामा उद्योग सञ्चालनको तयारी गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

ग्राममा ५२ ओटा ब्लक निर्माण हुनुपर्नेमा अहिलेसम्म २७ ओटा ब्लक निर्माण पूरा भएको उनको भनाइ छ । गत आर्थिक वर्षभित्र सञ्चालन गर्नेगरी टेन्डर आह्वान गरिए पनि १३ साना तथा घरेलु उद्योगीले मात्र टेन्डर भरेका छन् । सोमध्ये ५ ओटालाई सञ्चालनको अनुमति दिने तयारी गरिएको थापाको भनाइ छ । उनले औद्योगिक ग्राममा साना घरेलु तथा लघु उद्यमीलाई प्राथमिकतामा राखिएको बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement