ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यातायात व्यवस्था कार्यालय बागलुङमा १५ करोड राजस्व संकलन

२०७९ साउन, १७  
बागमती प्रदेश
NA
author avatar अर्जुन कार्की

बागलुङ । यातायात व्यवस्था कार्यालय बागलुङले गत आर्थिक वर्ष २०७८/७९ मा १५ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी आयकर, सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्ता लगायतका शीर्षकमा १५ करोड ११ लाख ४३ हजार ५ सय ४६ रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जानकारी दिएको हो ।

कार्यालय प्रमुख पारसिङ थापाले असार महीनामा मात्रै १ करोड ३६ लाख २५ हजार ८ सय ३० रुपैयाँ राजस्व संकलन गरिएको बताए ।

उनले यातायात क्षेत्रको आम्दानी ४८ लाख २३ हजार ८ सय ५० रुपैयाँ, प्रशासनिक सेवा शुल्क ३९ हजार, चालक अनुमतिपत्र र सवारी दर्ताबाट २ करोड ९७ लाख ८३ हजार २ सय १५ रुपैयाँ संकलन गरिएको जानकारी दिए । उनका अनुसार सवारीसाधन करबाट १० करोड ७० लाख २० हजार ६ सय १ रुपैयाँ र सवारी आयकरमार्फत ९४ लाख ७७ हजार ८ सय ८० रुपैयाँ राजस्व संकलन गरिएको छ । कार्यालयबाट गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ९ सय ८४ जनाले मोटरसाइकल र ५ सय ५७ जनाले स्कुटर, मोपेडको चालक अनुमति पत्र लिएका छन् ।

यस्तै नयाँ सवारीचालक अनुमतिपत्र अन्तर्गत मोटरसाइकलको ८७ जना र स्कुटर, मोपेडको ८ जनाले थप लिएका छन् । कार्यालयबाट गत आर्थिक वर्षमा १ सय १३ जनाले प्रतिलिपि, ३ हजार ५ सय ९ जनाले नवीकरण र प्रतिलिपिसहित नवीकरण १ सय ९७ जनाले गरेको कार्यालय प्रमुख थापाले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement