ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई ग्रीन डेभलपमेन्ट बैंकको सहयोग

२०७९ साउन, १७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग गरेको छ । बैंकले मादी गाउँपालिका–७ का सर्वसाधारणलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले २ हजार लिटरका २ थान र १ हजार लिटरका १ थान ट्यांकीका लागि आर्थिक सहयोग गरेको हो ।

उपभोक्ता संस्थामार्फत खानेपानी ट्यांकी स्थापना तथा खरीदका लागि ६७ हजार रुपैयाँ सहयोग गरिएको बैंकले जानकारी दिएको छ । सोमवार एक कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले संस्थाका अध्यक्ष मुरारी शर्मालाई बैंकको उक्त रकम हस्तान्तरण गरेका हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement