काठमाडौं (अस) । गोर्खाज फाइनान्स र इन्फिकेयरबीच सफ्टवेयर खरीद सम्बन्धी सम्झौता भएको छ । दुई संस्थाले कर्जा सफ्टवेयर खरीदका लागि सम्झौता गरेका हुन् । गोर्खाज फाइनान्समा कर्जा स्वीकृति, कानूनी कागजात तयारी लगायतका काममा उक्त सफ्टवेयर प्रयोग गरिने र प्रयोगपछि कर्जा स्वीकृति प्रक्रिया छिटो हुने अपेक्षा दुई संस्थाले गरेका छन् । साथै जोखिम न्यूनीकरण हुने विश्वास लिइएको समेत बताइएको छ । सम्झौतापत्रमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे र इन्फिकेयरका सञ्चालक सविन मानन्धरले हस्ताक्षर गरेका छन् ।