ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्राइम कमर्शियलद्वारा १० गुणासम्म बढ्ने मुद्दती खाता सञ्चालन

२०७९ साउन, १७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । प्राइम कमर्शियल बैंकले निक्षेप १० गुुणासम्म वृद्धि हुने मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले व्यक्तिगततर्फ प्राइम धनवृद्धि मुद्दती खाता तथा प्राइम धनवृद्धि रेमिट मुद्दती खाता र प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको हो । प्राइम धनवृद्धि मुद्दती खाता नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता  विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि र  प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताका लागि सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

प्राइम धनवृद्धि मुद्दती खातामा २१ वर्ष ७ महीना २० दिन, प्राइम धनवृद्धि रेमिट खातामा १९ वर्ष १० महीना ७ दिन र प्राइम धनवृद्धि संस्थागत खातामा २६ वर्ष ६ महीना ३ दिनमा निक्षेपको दश गुणा बढी पाइने बैंकले बताएको छ ।

प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरूले १८ घातक रोगको १० लाख रुपैयाँसम्मको बीमा, १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा तथा १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा पाउनेछन् । यस्तै आवश्यकता अनुसार मुद्दती निक्षेपको ९० प्रतिशतसम्म ऋण लिन सक्ने बैंकले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement