ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल लाइफको ‘बिजनेश एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न

२०७९ साउन, १७  
बजार
NA

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिवसीय ‘बिजनेश एक्सिलेन्स कन्फ्रेन्स’ सम्पन्न गरेको छ । कम्पनीले बिहीवारदेखि शनिवारसम्म चितवनको सौराहामा उक्त सम्मेलन आयोजना गरेको हो ।

‘अ बाउन्स ब्याक इयर २०७९/८०’ नारासहित सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनमा कम्पनीको सेल्स तथा मार्केटिङमा कार्यरत देशभरका २३० भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

सञ्चालक विमलप्रसाद ढकालले कार्यक्रमको उद्घाटन गरेका थिए ।  उनले कर्मचारीलाई आम नागरिकको आशा र विश्वास जितेर काम गर्न निर्देशन दिए । कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले कार्यक्रममा भर्चुअल सम्बोधन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०७९/८० को व्यावसायिक रणनीतिका बारेमा जानकारी गराए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement