ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सीताराम डेरीको नयाँ विक्री केन्द्र सञ्चालनमा

२०७९ साउन, १७  
बजार
Image Not Found

काठमाडौं (अस) । सीताराम गोकुल मिल्क्स कम्पनीले कीर्तिपुरको नयाँबजारमा नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ । कम्पनीले २८औं वर्ष पुगेको अवसरमा सोमवार उक्त केन्द्रको उद्घाटन गरेको हो । केन्द्रको उद्घाटन कलाकार दिपकराज गिरी, दिपाश्री निरौला र जितु नेपालले संयुक्त रूपमा  गरेका थिए । सो केन्द्रबाट दूध तथा दुग्धजन्य पदार्थ विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अध्यक्ष सुमित केडियाले सीताराम मिल्क्स प्रालिले २७ वर्षदेखि निरन्तर गुणस्तरीय उत्पादन उपलब्ध गराइरहेको दाबी गरे । आगामी दिनमा समेत गुणस्तरीय उत्पादन उपभोक्तालाई निरन्तर उपलब्ध गराउने उनले बताए । ‘हाम्रो विक्री केन्द्र अन्य स्थानमा पनि फ्रेन्चाइज मोडलमा र विशेष मोडलमा खोल्दै हाम्रा उत्पादनको पहुँच आम उपभोक्तासमक्ष पुर्‍याउने योजना छ,’ केडियाले भने । सीताराम दूधको नयाँ विक्री केन्द्र सञ्चालनको अवसरमा कम्पनीका सबै उत्पादनमा साउन महीनाभरि ५ प्रतिशत छूट दिइने कम्पनीले जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement