ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बौद्धिक सम्पत्तिको सम्बन्धमा निक्कीका प्रतिनिधि र मन्त्री बडूबीच छलफल

२०७९ साउन, १७  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का प्रतिनिधि र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूबीच बौद्धिक सम्पत्ति अधिकार संरक्षणबारे छलफल भएको छ । सोमवार संघका उपाध्यक्ष हरकिरतसिंह वेदी नेतृत्वको प्रतिनिधिमण्डल र मन्त्री बडूबीच उक्त विषयमा छलफल भएको हो ।

बौद्धिक सम्पत्तिको अधिकारमा विशेषगरी नेपालमा विदेशी लगानीमा सञ्चालित संघका सदस्य उद्योग प्रतिष्ठानहरूले समस्या भोगिरहेकाले समाधानको पहलका लागि छलफल गरिएको संघले जानकारी दिएको छ । त्यस्तै ट्रेडमार्कको होम रजिष्ट्रेशन, विदेशी कम्पनीबाट लिएको सेवाबापतको भुक्तानी, कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ लगायत विषयमा छलफल गरिएको संघले बताएको छ ।

नेपालमा विदेशी लगानी आकर्षित गर्न सरकारले प्राथमिकता दिए पनि बौद्धिक सम्पत्तिको अधिकारको क्षेत्रमा  उद्योगहरूले समस्या झेल्नुपरेको भन्दै  त्यसको समाधान हुनुपर्नेमा संघले जोड दिएको छ । छलफलमा मन्त्री बडूले संघले प्रस्तुत गरेको विषयमा मन्त्रालयले आवश्यक पहल गर्ने बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement