काठमाडौं (अस) । रुश्काज ब्यूटिपार्लर एण्ड मेकअप स्टुडियोमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले छूट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाले सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र स्टुडियो सञ्चालिका रुश्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ब्यूटिकोर्समा १५ प्रतिशत, ब्यूटिपार्लर सर्भिसमा २० प्रतिशत र सोसँग सम्बन्धित प्रडक्टमा १० प्रतिशत छूट पाउने बैंकले जानकारी दिएको छ ।