ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विराटनगरमा टीभीएसको एओजी राइड सम्पन्न

२०७९ साउन, १७  
बजार
Image Not Found

काठमाडौं (अस) । विराटनगरमा टीभीएस मोटरसाइकलको एओजी राइड सम्पन्न भएको छ । ३५ जना सहभागीले एओजी राइड सम्पन्न गरेका हुन् । कम्पनीले आफ्ना ग्राहकलाई रोमाञ्चक राइडमा सहभागी गराउन ‘अपाचे अनर्स ग्रुप–एओजी’ नामक राइड ग्रुप बनाएको छ । शनिवार गरिएको उक्त राइड विराटनगरको महेन्द्र चोकदेखि शुरू भएर नेता चोक– विराट चोकदेखि इटहरी–इनरुवा हुँदै कोशी टप्पुस्थित अकवा बर्ड इको रिसोर्टसम्म पुगेको थियो ।

राइडमा विभिन्न पेशाका सहभागीले भाग लिएका थिए । सहभागिताका लागि २०० भन्दा धेरै आवेदन फारम परेका थिए । छनोट प्रक्रिया अनुसार ३५ जनालाई सहभागी गराइएको कम्पनीले बताएको छ । विराटनगरमा भएको उक्त  संस्करणका लागि दर्ता गरेका बाँकी राइडरलाई भविष्यमा विराटनरगमै हुने अन्य संस्करणमा सहभागी गराइने कम्पनीको भनाइ छ । नेपालमा टीभीएसका टू–ह्वीलर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालि हो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement