काठमाडौं (अस) । बेनेली नेपालको मोटो ब्लगर्स सम्मेलन सम्पन्न भएको छ । बेनेलीले सृजनाकर्ता, निर्माता र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारलाई जीवन्त बनाउन मन पराउने व्यक्तिका लागि आयोजना गरेको सम्मेलन सम्पन्न भएको हो । शनिवार आयोजित ‘बेनेली मोटो ब्लगर्स’ सम्मेलनमा ४० जनाभन्दा बढीको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ ।
सम्मेलनमा मोटो ब्लगर्सहरूलाई सडक सुरक्षा लगायत विषयमा जानकारी गराएको छ । कार्यक्रममा ७५२एस, टीएनटी ६००आई, ३०२एस, टीआरके२५१, प्यानारिया १२५ लगायत मोडल समेत प्रदर्शनी गरिएको थियो । बेनेली मोटरसाइकल तथा स्कुटर ब्रान्ड हो । हाल बेनेली ९० भन्दा बढी देशमा विक्री भइरहेको कम्पनीको दाबी छ । नेपालका लागि यसको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ रहेको छ ।