ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन  

२०७९ साउन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं ।  सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवारम्म लगानीकर्ताले आवेदन दिन पाउने भएका हुन् ।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।  यसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

उक्त आईपीओमा प्रतिकित्ता रू.१०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement