ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आरएमडिसी लघुवित्तको नाफा ९९.४८ प्रतिशतले बढ्यो

२०७९ साउन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष (आव) २०७८/०७९ को चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९९ दशमलव ४८ प्रतिशतले बढेर रू. ३५ करोड ४९ लाखमा पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा लघुवित्तले रू. १७ करोड ७९ लाख नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४९ दशमलव ५९ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ४२ दशमलव शून्य २ प्रतिशतले बढेको छ । त्यस्तै सञ्चालन नाफा ८६ दशमलव शून्य १ प्रतिशतले बढेको छ । 

असार मसान्तसम्म खुद ब्याज आम्दानी ६० करोड ५३ लाख पुगेको छ भने संचालन नाफा ५१ करोड ४१ लाख पुगेको छ । अघिल्लो आवमा लघुवित्तको संचालन नाफा रू. २७ करोड ६४ लाख थियो । 

असार मसान्तसम्म लघुवित्तको चुक्तापुँजी २० प्रतिशतले बढेर १ अर्ब २४ करोड पुगेको छ भने जगेडा कोषमा २ अर्ब ८ करोड रहेको छ । 

त्यस्तै, सापटी रकम  २९ दशमलव ६८ प्रतिशतले घटेर २५ करोढ १५ लाख र कर्जा शून्य दशमलव २६ प्रतिशतले बढेर ११ अर्ब ६८ करोड पुगेको छ ।
 
गत आवको असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू.२८ दशमलव ६० र प्रतिशेयर नेटवर्थ रू. २६८ दशमलव १८ रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement