ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

समता घरेलु लघुवित्तले चौथो त्रैमाससम्म कमायो करिब ८ करोड नाफा 

२०७९ साउन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ करोड ९७ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीले अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष २६ दमलव ४३ प्रतिशत कम खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले  १० करोड ८३ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष सञ्चालन नाफा ९३ दशमलव १३ प्रतिशत बढी रू. ४ करोड १६ लाख गरेको कम्पनीको खुद नाफा भने खराब कर्जा संकलन कम भएकाले घटेको हो ।

अघिल्लो वर्ष रू. १५ करोड ४ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष  ८ करोड ४९ लाख रुपैयाँ भन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो ।
२० प्रतिशत बोनस शेयर गत वर्ष वितरण गरी कम्पनीको चुक्तापूँजी  ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम ६ दशमलव ४६ प्रतिशत बढी  १८ करोड ६७ लाख रुपैयाँ भन्दा बढी कायम भएको छ ।
कम्पनीले अघिल्लो वर्षभन्दा २४ दशमलव २८ प्रतिशत बढी  १ अर्ब ७४ करोड रुपैयाँ  कर्जा सापटी लिएको छ भने २५ दशमलव ७९ प्रतिशत बढी  ३ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने अघिल्लो वर्षभन्दा २८ दशमलव ३५ प्रतिशत बढी  १ अर्ब २० करोड रुपैयाँ भन्दा बढी भएको छ ।
अघिल्लो वर्ष २ दशमलव ८३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ७६ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी  २३ दशमलव २६  रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ  १५४ दशमलव ४९ रुपैयाँ रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement