ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गणपति लघुवित्तको नाफा ५४.७५ प्रतिशत घट्यो

२०७९ साउन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ करोड ८६ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिको तुलनामा गत वर्ष ५४ दशमलव ७५ प्रतिशत कम खुद नाफा गरेको हो । अघिल्लो आवको सो अवधिसम्म कम्पनीले रू. ४ करोड ११ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत आवमा सम्भावित जोखिम शीर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा ७० दशमलव २७ प्रतिशत कम भएको छ । कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम शीर्षकमा ३ करोड ३४ लाखभन्दा बढी रकम छुट्याएको थियो भने गत आवमा ४ करोड ११ लाखभन्दा बढी छुट्याएको छ । सो कारण अघिल्लो आवमा रू. ४ करोड ६९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा रू. १ करोड ३९ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।

१९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १५ करोड १५ लाख ५४ हजार पुर्याएको कम्पनीको जगेडा कोष रकम रू. ४ करोड ७८ लाखभन्दा बढी कायम भएको छ । जगेडा कोष रकम भने अघिल्लो आवभन्दा गत आवमा १३ दशमलव ६५ प्रतिशत कम भएको हो ।

कम्पनीले अघिल्लो आवभन्दा ४२ दशमलव ४० प्रतिशत बढी रू. १ अर्ब ४५ करोड कर्जा सापटी लिएको छ भने ४१ दशमलव ८७ प्रतिशत बढी रू. २ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने ३६ दशमलव ५७ प्रतिशत बढी रू. ५७ करोड ३२ लाख भएको छ ।

अघिल्लो आवमा २ दशमलव ३५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा १ दशमलव ६४ प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ५६ रहेको छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement