ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

२०७९ साउन, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आईपीओ मंगलवार अर्थात् साउन १७ गते बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडले नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको छ। यसको प्री–अलोटमेन्ट आइतवार सम्पन्न भइसकेको छ । 
आईपीओमा रू.१ अर्ब ८० करोड ८१ लाख १८ हजार बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका हुन्  । यो सर्वसाधारणको लागि विक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६ दशलमव ५३ गुणा बढी आवेदन हो । 
 
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म रू. ११ करोड ७६ लाख ७ हजार ३०० बराबरको आईपीओ जारी गरेको थियो । यसमध्ये ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement