ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

२०७९ साउन, १७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रूपैयाँ कायम भएको छ । सोमवार सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ।  चाँदी प्रतितोला  १ हजार २२० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार २२० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ ।  न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७७३ दशमलव ०४ डलर पुगेको छ ।

मंगलवार डलरको मूल्य भने घटेको छ । एक अमेरिकी डलरको विक्रीदर १२६ रूपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ११ पैसा थियो ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement