साउन १७, काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारणसभा भदौ ८ गते गर्ने भएको छ ।
सभा क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे शुरू गर्ने जानकारी दिइएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश (करसहित ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साउन १५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।