ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

औद्योगिक क्षेत्रमा बढाइएको जग्गा भाडा तत्काल फिर्ता गरी सहज वातावरण बनाउन आग्रह

२०७९ साउन, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । नेपाल उद्योग परिसंघले एक विज्ञप्ति निकाल्दै औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूको बढाइएको जग्गाभाडा तत्काल फिर्ता गर्न आग्रह गरेको छ । 

परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको परिसंघ टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उद्योग सचिव अर्जनप्रसाद पोखरेललाई भेटेर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा फिर्ता गर्न र दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको २०७५/८र५ बसेको बैठकले २०७५ साउन १ गतेदेखि  लागू हुने गरी उद्योगहरूको जग्गाभाडा बढाउने निर्णय गरे पनि उद्योगीहरूको असहमतिपछि उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्तृत अध्ययन गर्न तत्कालीन उद्योग मन्त्रीले निर्देशन दिएका थिए । 

२०७९ असार २२ गते बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले पुनः २०७५ साउन १ गतेदेखिकै भाडा असुल गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । निजी क्षेत्रलाई हतोत्साहित गर्ने एवं उत्पादनमूलक उद्योगमा हुने लगानी नै प्रभावित हुने गरी गरिएको यस प्रकारको निर्णय फिर्ता लिन परिसंघले उक्त विज्ञप्तिमा आग्रह गरेको छ ।

कोभिड-१९ बाट थलिएका उद्योगहरू उठ्न नपाउँदै ९८ प्रतिशतदेखि ६८७ प्रतिशतसम्मको भाडा वृद्धि उद्योगहरूले थेग्न नसक्ने परिसंघका कार्यवाहक अध्यक्ष अधिकारीले उक्त विज्ञप्तिमा जनाएका छन् ।
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement