ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

२१९३.४८ विन्दुमा नेप्से, रू. ३ अर्ब २९ करोड बराबरको शेयर खरीदविक्री, सर्वाधिक शिवम् सिमेन्टको हिस्सा

२०७९ साउन, १७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७६ अंक घटेको छ ।

यो दिन परिसूचक २ हजार १९३ दशमलव ४८ विन्दुमा  कायम भएको हो । यस अवधिमा कारोबारमा २१७ धितोपत्रको ७८ लाख १३ हजार कित्ता शेयर ५० हजार ३६५ पटकमा रू. ३ अर्ब २९ करोडमा खरीदविक्री भएको छ ।

केही दिन बढेको बजारमा सामान्य करेक्सन देखिएको छ । पछिल्लो समय लगानीकर्ताहरूले केही बढ्ने बित्तिकै प्रोफिट बुक गर्ने भएकाले पनि करेक्सन आएको हो । यद्यपि अब विस्तारै लाभांशको सिजन शुरू भएको छ । मंगलवार मात्रै दुई म्युुचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।

अब बाँकी कम्पनीहरूले पनि लाभांश घोषणा गर्नेछन् । सोही कारण विगतमा राम्रो लाभांश दिँदै आएका बलियो आधारभूत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गर्न विश्लेषकहरू सुझाउँछन् । शेयर बजार घटबढ भइरहन्छ, बजारको ट्रेण्ड हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । 

कारोबारमा आएका २१७ धितोपत्र मध्ये सबैभन्दा बढी विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४४७ दशमलव १० पुगेको हो । त्यसैगरी दोस्रोमा सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएर रू. ५५९ दशमलव ८० पुगेको छ । 

मंगलवार सबैभन्दा बढी राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव २४ प्रतिशत घटेको छ । स‌ंस्थाको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २८८ मा झरेको छ । यस कम्पनीको शेयर मूल्य केही दिनदेखि सर्किट लेबलमा वृद्धि हुँदै आएकोमा  मंगलवार विक्रेता हाबी भएसँगै  घटेको हो ।

त्यस्तै दोस्रोमा १२∞ गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्य ३ दशमलव ९५ प्रतिशत घटेर रू. १ हजार ३१ दशमलव ६० कायम भएको छ । 

सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । कम्पनीको रू. २९ करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८२८ कायम भएको छ ।

त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ९ करोड ९५ लाख बराबरको खरीदविक्री भएको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement