ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अर्थमन्त्री शर्माद्वारा बजेटको बखान : नेपाल ६ महीना भित्र तरकारीमा आत्मनिर्भर बन्नसक्छौं

२०७९ साउन, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन्  ।

मंगलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले आजको राष्ट्रियता भनेको सवल र आत्मनिर्भर अर्थतन्त्र  भएको बताउँदै  उत्पादनसँग जोडिनुपर्ने आवश्यकत रहेको औंल्याएका हुन्  ।

 ‘हामी अहिले पनि तरकारी निर्यात गरेर खाएका छौं । आज भूमिहीनहरुलाई जमीन दिएर उत्पादनसँग जोड्न पूँजी नहुनेहरुको लागि पूँजी उपलब्ध गराएर, औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ’, उनले भने । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महीनामा आत्मनिर्भर हुनसक्छौं ।‘

उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे ।  शर्माले हामीसँग भएको श्रम,स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समउन्नत बनाउन सकिने बताए ।  सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था गरेको बताए ।

मन्त्री शर्माले भूमिहीनहरुलाई जमीन दिने ,पूँजी नहुनेहरुको लागि पूँजी उपलब्ध गराउने र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्न आवश्यक रहेको उल्लेख गरे । उनले  कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने पनि बताए ।

‘किसानको भुमिका महत्वपूर्ण हो । हामीसँग भएको जमीन हो । हामीसँग भएको जमीन, जङ्गल र श्रम हो । यसको एकीकृत परिचालन श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समउन्नत गर्न सकिन्छ । उत्पादनवृद्धि गर्ने,आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उदेश्यका साथ यो वर्षको बजेट पास भएको छ’, उनले भने  ।

बजेटले किसानका महत्वपूर्ण भुमिकालाई अझ माथि उठाउन प्रयास गरेको, लघुवित्तहरुले ऋण दिनुपर्छ भनेर बजेट पास भएको, किसानहरुको घर खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको बताए । किसानहरुलाई पेन्सनको कुरा बजेटमा आएको र देशमा कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादन मार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको उनको भनाइ  छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement