ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खाद्य पदार्थमा कैफियत : ५.४ प्रतिशत खाद्यान्नका नमुना दुषित, एक वर्षमा ११५ ओटा मुद्दा दायर

२०७९ साउन, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७८/७९ मा देशभरबाट संकलन गरेको खाद्यान्न तथा पेय पदार्थका नमुना मध्ये ५.४ प्रतिशत दुषित पाइएको  छ ।

गत आर्थिक वर्षमा बिभागले गरेको बजार अनुगमन तथा नमुना परिक्षणको  विवरण अनुसार  कुल ४ हजार १२७ नमुना परीक्षण गर्दा २२४ वटा नमुना प्रयोग गर्न प्रतिकूल देखिएको विभागले जनाएको छ ।

विभागका अनुसार खाद्यान्न तथा दलहनजन्य १३१४ ओटा नमुना परीक्षण भएकोमा ५३ ओटा प्रतिकूल पाइएको छ ।  त्यस्तै तेल तथा घिउजन्य ५४६ नमुना जाच गरेकोमा १४ ओटा प्रतिकुल भेटिएको छ । साथै मसलाका ३७९ नमुना परीक्षण गर्दा ६ वटा दुषित देखिएको छ भने प्रशोधित पिउने पानीका १८९ नमुना परीक्षण गर्दा २९ ओटा नमुना दुषित देखिएको तथा   दुध र दुग्धजन्य पदार्थका ११० नमुना जाँच गर्दा १५ वटा नमुना दुषित पाइएको छ । 

गत आर्थिक वर्ष खाद्य ऐन तथा नियमविपरीत, न्यून गुणस्तर तथा दूषित पदार्थ उत्पादन र बिक्री वितरण गरेको कसुरमा विभागले ११५ ओटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको छ । 

दायर भएका मुद्दामध्ये सबैभन्दा धेरै खाद्यान्न तथा दलहन सम्बन्धी ३० वटा मुद्दा रहेका छन्  । त्यस्तै, दूध तथा दुग्धजन्य पदार्थका १९ वटा, प्रशोधित पिउने पानीका १४ वटा, चिया तथा कफीका ८ वटा, फल तथा सागपातका ७ ओटा सहित  ११५ ओटा मुद्दा दायर भएको विभागले जनाएको छ । खाद्य पदार्थमा कैफियत पाइएपछि ती खाद्यान्न बेच्ने कम्पनी तथा ब्यापारीविरुद्ध मुद्दा दायर भएको हो ।
गत आर्थिक वर्षमा खाद्य दाना उद्योग, होटल रेष्टुरेण्ट, राजमार्गका होटलमा पनि अनुगनम गरेको थियो । विभागले तत्काल सम्बोधन टोलीअर्थात र्‍यापिट रेस्पोन्स टिममार्फत कारबाही लगायत ८ हजार ८ सय ६६ पटक निरीक्षण गरेको थियो । विभागले गत बर्षको अवधिमा ७ सय ३ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ भने १ हजार ४ सय ८१ वटा उद्योगको अनुज्ञापत्र नवीकरण गरेको छ । यस्तै, विभागले गत आर्थिक वर्षमा ६ सय ३६ वटा होटल रेष्टुरेण्ट समेत अनुगमन गरेको थियो ।

 उपभोक्तालाई उनिहरुले उपभोग गरिरहेको वस्तुको अवस्था कस्तो रहेको छ र सरकारको उपस्थिती कस्तो छ भन्ने कुराको ज्ञान हुन जरुरी भएको  खाध प्रविधि तथा गुण नियन्त्रण विभागकी महा निर्देशक मतिना जोशी बैद्यले बताईन् । व्यवसायीहरले यस्ता नियमविपरीत कार्य गर्दा कारवाही पनि हुन्छ भन्ने कुरा बुझाउन जरुरी भएको उनको भनाई छ 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement