ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१५ लाखभन्दा बढीले भरे सयपत्री हाइड्रोपावरको आईपीओ , २६ गुणा बढी शेयर माग  

२०७९ साउन, १७  
लगानी
NA
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिन साउन १७ गतेसम्म १५ लाख २३ हजार ७०३ जनाले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २५ दशमलव ७२ गुणा बढी हुन आउछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा जारी हुने कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ ।

यी बाहेक बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement