ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बढ्दै छ पार्टीको भव्यता

२०७९ साउन, १८  
१० वर्ष अघि
NA

आजभोलि धेरै कम्पनीले आफ्नो वार्षिकोत्सवलगायतका अवसरमा सानोतिनो होइन भव्य अर्थात् ग्य्रान्डपार्टी दिन थालेका छन् । प्रायः यस्ता पार्टी पाँचतारेभन्दा कम दर्जाका होटलमा बिरलै हुन्छन् । प्रायः सबै ठूला होटल पुग्न पूरा शहर छिचोलेर जानुपर्छ । पार्टीमा जाँदा ट्राफिक जाममा परिएन र छिट्टै पुगियो भने ठूलै शहरका बासिन्दा हुनुको शान पनि आउँदैन र पार्टी गएको भन्ने पनि भान हुँदैन । दुईचार घण्टा जाममा परेर पार्टीमा पुग्नुका मज्जा नै अर्कै हुन्छ । हरेक पार्टी लामो समयसम्म सम्झनामा रहन्छन् । अझ आफै गाडी हाँकेर गएको छ, लामो समय जाममा परेको छ र अंग्रेजहरूले जसलाई प्रकृतिको आह्वान (नेचर्स कल) भन्छन् त्यसले तपाईंलाई पनि जामकै बीचमा अत्यायो भने त्यो पार्टीको सम्झना सम्भवतः जीवनभर रहन्छ ।

नेपाली मौलिकताका चार वा पाँचतारे कहलिएका होटलमा कि त भ्यालेट सेवा हुँदैन, रहेछ भने पनि सिंगै बाटो पार गरेर आउन लागेका भन्दा होटलको मूलगेट पार गरेर पसेपछि भ्यालेटसम्म पुग्न बढी समय लाग्छ ।

पार्टीलाई भव्यता दिन होला आजभोलि प्रायः पार्टीहरूमा धेरैभन्दा धेरै मानिस एकैचोटि बोलाइएको हुन्छ । आफ्नो अफिसका बिजुली बनाउनेदेखि कबाडी लिन आउनेसम्म, कर कार्यालयका हाकिमहरूदेखि स्टेशनरी सामानका सप्लायरसम्म, निजी कम्पनी, बैंकका कार्यकारी प्रमुखदेखि मन्त्री, तिनका अंगरक्षक, सभासद्सम्म पार्टीमा खचाखच हुन्छन् । समावेशी नयाँ नेपालको वास्तविक तस्वीर तिनै पार्टीमा भेटिन्छन् भन्दा फरक पर्दैन ।

(तीतोमीठोबाट)
वर्ष ६ अंक १३, शुक्रवार, १ असोज, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement