ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यी पाँच कारणले ग्राहकको रुचिमा भीभो

२०७९ साउन, १८  
बजार
NA

काठमाडौं (अस) । स्मार्टफोन उत्पादक कम्पनी भीभोले विभिन्न ५ कारणले ग्राहकको मन जितेको दाबी गरेको छ । भी र वाई सिरिज अन्तर्गत स्मार्टफोन उत्पादन गर्दै आएको कम्पनीले नवीनता, डिजाइन, क्यामेरा, प्रदर्शन र ग्राहक सेवामा विशिष्टताका कारण कम्पनीले ग्राहकको मन जितेको दाबी गरेको हो । प्रयोगकर्ताको आवश्यकता अनुसार क्यामेरामा विभिन्न विकल्प प्रदान गरिएकाले भीभोमा ग्राहकको आकर्षण बढेको कम्पनीले दाबी गरेको छ ।

त्यसैगरी बजारको गहन अनुसन्धान गरेर स्मार्टफोन डिजाइन गरिएकाले प्रयोगकर्ताको आकर्षण निकै देखिने गरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार उत्कृष्ट ब्याट्री क्षमता, नवीनतम प्रयोग र ग्राहकलाई दिएको स्तरीय सेवाका कारण भीभो ग्राहकको रुचिमा पर्ने गरेको कम्पनीको दाबी छ ।

अन्य ब्रान्डले एक वर्षको वारेन्टी दिँदा भीभोले लाइफ टाइम सफ्टवेयर वारेन्टी दिएकाले पनि प्रयोगकर्ताको आकर्षण निकै बढेको कम्पनीले बताएको छ । त्यस्तै भीभो ब्रान्ड खरीद गरिएको एक महीनासम्म हार्डवेयरमा समस्या आएर पार्ट नै फेर्नुपरेमा नयाँ सेट नै रिप्लेस गरिदिने कम्पनीको भनाइ छ । प्रतिस्पर्धी अन्य ब्रान्डको तुलनामा ५० प्रतिशत सस्तो स्पेयर पार्ट र नयाँ स्पेयर पार्ट्समा ३ महीना वारेन्टी हुने समेत कम्पनीले बताएको छ । भीभोले काठमाडौं, नारायणघाट, पोखरा र इटहरी विक्री तथा विक्रीपछिको सेवा दिँदै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement