ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भूमि आयोग र स्थानीय तहबीच सहकार्य

२०७९ साउन, १८  
बागमती प्रदेश
NA

सिन्धुपाल्चोक । भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कार्यक्रम आरम्भ गरिएको छ । राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच कार्यसहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएसँगै कार्यक्रम आरम्भ भएको हो । हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।

भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीको पहिचान र प्रमाणीकरणको काम गरी भूमि उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आयोजनामा आइतवार चौतारामा कार्यक्रम गरिएको हो । आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र स्थानीय तहका प्रमुख, अध्यक्ष/उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत उपस्थित कार्यपत्रमा हस्ताक्षर भएको हो । सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुमबासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोवासीलाई व्यवस्थित बसोवासको व्यवस्थापन गराउन बाटो खुलेको उनले जानकारी दिए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement