ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एक वर्षमा करीब ३९ हजार पर्यटकले घुमे मुस्ताङ

२०७९ साउन, १८  
गण्डकी प्रदेश
NA

मुस्ताङ । एक वर्षमा करीब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले बताएको छ । ४८ देशका पर्यटक आएकोमा सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेको एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले बताए ।

२ हजार ७४३ जना विदेशी पर्यटक मनाङ हुँदै ५ हजार ३०० मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ आएका हुन् । यसैगरी १ हजार ५६६ जना पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूभागमा जान विदेशीले सात दिनका लागि ५०० डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दीमा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुकका पर्यटकलाई रू. १ हजार र तेस्रो मुलुकका पर्यटकलाई रू. ३ हजार शुल्क तोकिएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement