ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

‘यस्तै अवस्था रहे भात खान नपाउने स्थिति आउँछ’

२०७९ साउन, १८  
समाचार
NA

काठमाडौं (अस) । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले किसानलाई अहिले भइरहेको बेवास्ता कायम रहे भात खान नपाउने स्थिति आउने बताएकी छन् । मंगलवार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् ।

‘गएको असार १५ मा हामीले राष्ट्रिय धान दिवस मनायौं । तर, कृषिप्रधान देशमा वर्षेनि अर्बौंको चामल आयात भइरहेको छ,’ उनले भनेकी छन्, ‘अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन् । कतिपय ठाउँमा कालोबजारी छ । महँगोमा पनि मल नपाउने अवस्था छ ।’ उनले तत्कालीन कृषिमन्त्रीले असारभित्रै किसानले मल पाउने आश्वासन दिए पनि अहिलेसम्म पाउन नसक्नुको कारण खोज्नुपर्ने बताइन् ।

भारतसँग जीटूजी सम्झौता गर्दा पनि मल आउन नसकेको भन्दै दुई देशबीचको खरीदसम्बन्धी कानून मिलाउन समस्या भएकाले त्यसो भएको हो भने संसद् चलिरहेका बेला सार्वजनिक खरीद ऐन संशोधन गर्न केले रोकेको र नयाँ चुनावपछि मात्रै संशोधन हुने हो कि भनेर प्रश्नसमेत गरिन् । उनले देशभित्रै प्रांगारिक र रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने विषयमा पनि सरकारको धारणा माग गरिन् ।

साउन १५ गतेलाई खिर खाने दिन पनि भन्ने गरेको उल्लेख गर्दै उनले थपिन्, ‘यस्तै स्थिति रह्यो भने खिरको त कुरै छोडौं, बहुसंख्यक नेपालीले भात पनि खान नपाउने स्थिति आउँछ ।’

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement