ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पक्की सडक र नाला निर्माण धमाधम

२०७९ साउन, १८  
लुम्बिनी प्रदेश
NA

बाँके । नेपालगञ्जमा सडक र सतही नाला व्यवस्थापनको काम धमाधम भइरहेको छ । एकीकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजनाले पहिलो चरणमा बाँकी रहेका नेपालगञ्ज बजार क्षेत्रका सडक धमाधम कालोपत्र गरिरहेको हो ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत नगर क्षेत्रका ३६ किलोमिटर सडक कालोपत्र र सतही नाला निर्माण भइरहेको इञ्जिनीयर शैलेन्द्र महर्जनले जानकारी दिए । कम्तीमा ६ मिटरदेखि १२ मिटरसम्म चौडाइको पक्की सडक निर्माण भइरहेको उनले बताए ।

आयोजना अन्तर्गत करीब १ अर्ब ६४ करोड रुपैयाँको लागतमा सडक, नाला निर्माणको जिम्मा कालिका, जेटीटीएसजे/जेभीलाई दिइएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement