ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विद्युत्को समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

२०७९ साउन, १८  
सुदूरपश्चिम प्रदेश
NA

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । डोटीको दिपायल पुगेका मुख्यमन्त्री भट्टसँग स्थानीयले डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेका थिए । त्यसपछि मुख्यमन्त्री भट्टले नेपाल विद्युत् प्राधिकरण कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्री भट्टले विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन समेत निर्देशन दिए । उनले समग्र जिल्लाको विद्युत् प्रसारणको अवस्था, विद्युत्को केन्द्रीय लाइन विस्तारको अवस्थाका बारेमा पनि जानकारी लिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री भट्टले डोटीमा विद्युत् विस्तार हुन नसकेका पालिकामा तत्काल विद्युत्को लाइन विस्तारका लागि पहल गर्नुपर्ने बताए ।

विद्युत् सेवा प्राप्त गरेका सेवाग्राहीले विद्युत्को मासिक शुल्क तिर्न शुल्कभन्दा बढी खर्च यातायातमा खर्च गर्नुपर्ने बाध्यता रहेको छ । सो विषयमा मन्त्री भट्टले सेवाग्राहीलाई सहज हुने गरी गाउँमै रकम बुझाउन मिल्ने व्यवस्था गर्न निर्देशन दिए । डोटीमा विद्युत्मा हुँदै आएको अनियमितता तथा अन्य समस्याका विषयमा समाधान गरिने विद्युत् कार्यालय प्रमुख देवले बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement